Today,

Temperature:

Wind speed:

Humidity:

लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्रको हातेमालो गर्न तया.

Author
admin
  • ९ जेष्ठ,२०८०
  • 1 min to read

 

 

 

 

twitter sharing button

messenger sharing button

whatsapp sharing button

 लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताएका छन् ।

प्रादेशिक अस्पताल बुटवलले आयोजना गरेको नीजी क्षेत्रका व्यवसायी तथा संघ संस्थाका प्रतिनिधहरु संगको छलफल कार्यक्रममा बोल्दै नीजी क्षेत्रका व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सेवा सुधार सहित भौतिक पुर्वाधार लगायतका विषयमा सहकार्य गर्न तयार रहेको बताएका हुन ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल प्रसाद कसजुले विगतका दिनहरुमा पनि बुटवल उद्योग बाणिज्य संघले प्रशुती गृह निर्माण सहितका विभिन्न भौतिक पुर्वाधार निर्माणमा काम गरेको भन्दै आगामी दिनमा भौतिक, नैतिक सहकार्यका लागि बुटवल उद्योग बाणिज्य संघ तयार रहेको बताए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका कसजुले अस्पतालमा आउने सेवा ग्राहीहरुको सेवाका लागि स सानो कुरामा सुधार गर्न आवश्यक रहेको भन्दै रोकीएको आधुनिक भवन निर्माणको ठेक्का टेन्डर अविलम्ब सुरुवात गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै नेपाल चेम्बर अफ कर्मस लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले अस्पतालको विकासका लागि सहकार्य जरुरी रहेको भन्दै विकास समिति, सञ्चालक समिति र संघ संस्थाका विचमा सहकार्य जरुरी रहेको बताए ।

उनले यसको लागि रक्त सञ्चार सेवा केन्द्र को भवन निर्माण लगायतका विषयमा सहकार्य गर्न सकिने यसको लागि रुपन्देही उद्योग संघ, व्यापार संघ लायतका संघ संस्थाको विचमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सेवा विस्तार संगै गुणस्तरिय सेवा प्रवाह, सहज पहुँच सहितको सेवा मा अस्पातल अव केन्द्रीत हुनुपर्ने बताएका थिए ।

आयुर्वेद्धिक चिकित्सक संघका अध्यक्ष डा. डिके धिताल, रुपन्देही व्यापार संघका महासचिव दयानिधी भण्डारी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल औषधीव्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्क बहादुर बस्नेत, पश्चिम नेपाल बस व्यवसायी प्रालिका राम चन्द्र भुषाल, नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकाल, फार्मेसी संघ रुपन्देहीका अध्यक्ष रविन्द्र प्रसाद तिावरी, लगायतले बोल्दै जनताले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने गरी सेवा प्रवाह गर्नको लागि आग्रह गर्दैै भौतिक, नैतिक, आर्थिक सहयोगमा संघ संस्थाहरुले सदैभ साथ दिने बताएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापा क्षेत्रीले अस्पताल सुधार संगै सेवा विस्तारको योजानमा रहेको जानकारी दिदै उनले निकट भविश्यमा नै आँखा उपचार सेवा शुभारम्भ गरिने बताएका थिए ।

उनले भौतिक पुर्वाधार अभावको कारण सेवा प्रवाहमा सहजता नभएको भन्दै अस्पलको प्रस्तावित गुरुयोजना अनुसारको भवन निर्माणको लागि प्रदेश सरकार, संघीय सरकारका विचमा संमन्वय जारी रहेको बताएका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रादेशिक अस्पताले के कुरामा जोड दिँदा सेवा सहज, छरितो र गुणस्तरिय बनाउन सकिन्छ भन्ने अनुसार आफु नियुक्ती भएका दिन देखि नै लागि परेको बताएका थिए ।

उनले ५ सय बेडको स्वीकृत भएपनि हाल ७ देखि ८ सय बेड को सेवा प्रवाह भैरहेको जानकारी दिदै सकारात्मक सोँचका साथ आगाडी बढेकमा यसबाट सबैको साथ र सहयोग हुने अपेक्षा समेत व्यक्त गरे उनल नीजि क्षेत्र र अस्पताल विकास समिति संघ संगै जानुपर्नेमा जोड दिएका थिए ।

निकट भविश्यमा नै एसएमएस प्रणाली लागू गर्ने, मोवाईल एप्स बाट नै टिकटको व्यवस्थापन गर्ने सहित सफाईलाई चुस्तदुरुस्त बनाउने आदी काममाजोड दिदै जाने बताए । रोकीएको गुरुयोजानाको काम समयमा नै सूरु गर्नका लागि आफ्नो पहल जारी रहेको उनको भनाई रहेको थियो ।

छलफल कार्यक्रममा विकास समिति सदस्य लक्ष्मी भट्राई खनाल,  लगायतले बोलेको कार्यक्रमको संञ्चालन अस्पतालका शाखा अधिकृत राजन केसीले गरेका थिए ।

Comments:

Leave a comment:

हालैका सूचनाहरू

बैशाख २३

दैनिक Census

Daily Census 1-23

बैशाख २२

दैनिक Census

Daily Census

बैशाख २१

विज्ञापन न. २०८३-०१-२१

विज्ञापन न. २०८३/०१/२१

बैशाख १६

विज्ञापन नं. ६ रेडियोग्राफर सिफारिस

विज्ञापन नं. ६/०८२/८३ रेडियोग्राफर सिफारिस

प्रकाशनहरू

बार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन २०८०-८१

२६ चैत्र,२०८२, बिहीबार

दरखास्त फारम

२६ चैत्र,२०८२, बिहीबार

अस्पतालमा प्रदान गर्ने सेवाको दररेट

२८ श्रावण,२०८२, मंगलवार

बार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन २०७९-८०

१९ माघ,२०८०, शुक्रबार

समय तालिका

सोमबार देखि शुक्रबार : OPD बिहान १० देखि ३ बजेसम्म 

टिकट जारी गर्ने समय : सोमबार देखि शुक्रबार बिहान ७ः३० बजेदेखि १२ बजेसम्म (टोकन लिएको हकमा , टोकन लिने समय बिहान ११ बजे सम्म)

बिलिंग समय : सोमबार देखि शुक्रबार बिहान ८ बजेदेखि १ बजे सम्म

आपतकालीन सेवाहरु: २४ घण्टा 

इन्डोस्कोपी हुने दिन : sसोमबार देखि शुक्रबार 

क्लोनोस्कोपी हुने दिन : सोमबार, बुधबार, शुक्रबार 

इ इ जी दिन :  बुधबार तथा शुक्रबार

इको : सोमबार, मंगलबार र शुक्रबार (ओ.पि.डी बिरामी को लागि) तथा बुधबार र बिहिबार (अन्तरंग बिरामीको लागि)   

न्युरो मेडिसिन ओ पि डी : मंगलबार तथा बिहिबार 

न्युरो सर्जरी ओ.पि.डी : सोमबार, बुधबार तथा शुक्रबार 

OT तालिका: आइतबार , मंगलबार र बुधबार -अर्थो

सोमबार , बिहिबार र शुक्रबार - सर्जिकल तथा न्युरो

मंगलबार र शुक्रबार - ENT

मंगलबार-Obs/Gynae

EHS सेवा : सोमबार देखि शुक्रबार दिउँसो ३ बजे पछि उपलब्ध हुन्छ । 

Footer Image

सहायता नम्बर :

फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.

०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )

०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )