Today,

Temperature:

Wind speed:

Humidity:

संक्रमणजन्य फोहोरको नमुना ब्यवस्थापन

Author
admin
  • २६ माघ,२०७९
  • 1 min to read

अस्पतालबाट निस्कने फोहोरको ब्यवस्थापन जटिल काम हो । बिरामीहरुको उपचारको क्रममा प्रयोग हुने उपचार सामग्री, रगत, र्याल जस्ता संक्रमण हुने फोहोरहरु निस्कने अस्पतालमा यसको सही ब्यवस्थापन नभए समुदायमा फैलने डर हुन्छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका सेवाग्राहीहरुलाई विशिष्टिकृत सेवा दिंदै आएको लुम्बिनी प्रादेशिक अस्पतालमा केही वर्षअघि फोहोर जलाउने गर्दथ्यो ।

अस्पताल परिसरमै जलाउँदै आएको फोहोरबाट प्रदुषण फैलिएको र संक्रमणको डर भएको गुनासो आएपछि भने दुई वर्षअघिबाट निर्मलीकरण विधि (अटोक्लिप) ब्यवस्थापन थालेको छ । अस्पतालमा २० वटा वडाबाट फोहोर संकलन गरिन्छ । प्रत्येक वडाबाट ३ प्रकारको फोहोर छुट्ट्याउने बाल्टिन राखिएको छ ।

जसमध्ये रातोमा संक्रमित फोहोर, हरियोमा कुहिने र निलोमा प्लास्टिकजन्य र कागज तथा नकुहिने फोहोर जम्मा गरिन्छ । पुनःप्रयोग हुने प्लास्टिक, कार्टुन, कागजहरु बिक्री गरिन्छ । दैनिक ५ सय देखि ६ सय केजी फोहोर उत्पादन हुने अस्पतालमा २५ प्रतिशत संक्रमित फोहोर हुने अस्पतालकी हाउस किपिङ अधिकृत गिता ज्ञवालीले बताईन् । ‘संक्रमण जन्य फोहोरलाई अटोक्लेप गर्ने र निर्मलीकरण गर्ने काम हुन्छ’–उनले भनिन् । कुहिने र नकुहिने फोहोर रगतसँग मिश्रण भए त्यसलाई पनि निर्मलीकरण गरिने उनले बताईन् । निर्मलीकरण मेशिनमा १ सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा फोहोरलाई आधा घण्टा राखिन्छ । ‘फोहोरमा भएका सबै किसिमको किटाणुहरु मर्छ’– उनले भनिन् । यसपछि फोहोरलाई अन्य फोहोर सरह ब्यवस्थापन गरिन्छ ।

संक्रमणजन्य फोहोर निर्मलीकरण र बिसर्जनमा प्रादेशिक अस्पताल नेपालमा नै अत्यन्तै राम्रो ब्यवस्थापन गर्नेमध्येको एक भएको मेडिकल सुपरिडेण्डेन्ट डा. इन्द्र ढकालले दाबी छ । स्वस्थ्य निर्देशिकालाई पूर्ण पालना गरेर अस्पतालजन्य फोहोर निर्मलीकरण गरेरमात्रै ब्यवस्थापन गर्दै आएको उनले बताए । अस्पतालको फोहोर संकलन केन्द्रमा नै कुहिने, कुहिने छुट्याउने उनले बताए ।

फोहोर प्रशोधन केन्द्रमा अटोक्लिप मेशिनमा राखेर निर्मलीकरण गर्ने काम हुन्छ । निर्मलीकरण भएका अपरेसनमा प्रयोग भएका धारिलो औजार, सुईका टिपलाई ब्यवस्थित संकलन गरी सिमेन्ट ब्लक बनाउने काम समेत गरिएको उनले बताए । हेपाटाईटिस, एचआईभी जस्ता संक्रमण रोगहरुको उपचारमा आउने बिरामीमा प्रयोग भएका उपचार सामग्रीहरुलाई निर्मलीकरण नगरी समुदायको फोहोर बिसर्जनमा पठाउन नमिल्ने उनले बताए ।

‘समुदायमा सर्ने सम्भावना हुन्छ’–उनले भने । यो आर्थिक वर्षमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट फोहोरजन्य ब्यवस्थापनका लागि २ करोड रुपैयाँ बिनियोजन भएको उनले बताए । माइक्रो ओएभेबल फोहोर प्रोसेसिङ युनिट टेन्डर गरेको उनले बताए । अबको ३ महिनामा त्यो जडान हुने उनले बताए । यसबाट संक्रमित फोहोरलाई निर्मलीकरणका साथै प्रक्रियागत धुलो कणको रुपमा ब्यवस्थापन गर्ने उनले बताए । अस्पताल ब्यवस्थापनको लगानी गरेर २ वटा तथा जिआईजेडबाट अनुदानमा १ वटा मेशिन प्राप्त भएको छ । प्रत्येक मेशिनले २ सय केजी फोहोर निर्मलीकरण गर्ने क्षमता रहेको छ । मेशिनलाई बजार २५ लाख ८८ हजार रुपैया रहेको छ ।

अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक बिरामीको उपचारमा प्रयोग हुने ब्लेड, सिरिन्जहरुको सही डिस्पोज हुन सकेन भने हेपाटाईटिस बि, सि र एचआईभी जस्ता रोगहरु सर्नसक्ने बताउँछन् । फोहोर ब्यवस्थापन खटिएकाहरुलाई यो सर्ने सम्भावना बढी हुने उनको तर्क छ । यसैगरी बिरामीको र्याल, पेट र फोक्सोबाट निकालिएका पानीहरु जो सजिलै डिस्पोज गर्न नसके पनि यसबाट परजीविजन्य रोगहरु सर्ने सम्भावना हुने उनले बताए ।

  • प्रादेशिक अस्पतालबाट उत्पादन हुने ६ सय किलो फोहोरमध्ये २५ प्रतिशत संक्रमित फोहोरलाई निर्मलीकरण गरेर ब्यवस्थापन गरिन्छ । यसबाट समुदायमा संक्रमण सर्ने सम्भावनालाई रोकेको छ ।

स्वस्थ्यजन्य फोहोर ब्यवस्थापनका लागि जेआईजेडको परियोजना देशभरका अस्पतालहरु संचालन भएको फिल्ड कोअर्डिनेट सरिता शुल्प श्रेष्ठले बताईन् । नेपालका १३ वटा अस्पतालमा डब्लुएचओको सिफारिसमा यो परियोजना संचालन भएको उनले बताईन् । भौतिक पूर्वाधार, उपकरणसंगै प्राविधिक ज्ञान र यसको उपयोगिताको बारेमा तथ्याक निकाल्ने जस्ता कामहरु परियोजनाबाट भएको छ ।

फोहोरसँगै अस्पतालमा प्रयोग हुने कपडाहरु लड्रि समेत ब्यवस्थापन गरिएको छ । अस्पतालमा एउटा ६० केजी लड्रि मेशिन र ३० केजी सुकाउने मेशिन (ड्रायर) छ । जुन जिटिजेडको सहयोग भएको हो । मेशिनको बजार मूल्य १४ लाख ५५ हजार रुपैयाँ रहेको छ । अस्पातलमा दैनिक १ हजार बढी ओपिडिमा सेवाग्राहीहरु सेवा लिने गर्दछन् ।

Comments:

Leave a comment:

हालैका सूचनाहरू

जेष्ठ २१

पदपूर्ति विज्ञापन २०८१/०७/१४

पदपूर्ति विज्ञापन २०८१/०७/१४

बैशाख २३

दैनिक Census

Daily Census 1-23

बैशाख २२

दैनिक Census

Daily Census

बैशाख २१

विज्ञापन न. २०८३-०१-२१

विज्ञापन न. २०८३/०१/२१

प्रकाशनहरू

दरखास्त फारम

२१ जेष्ठ,२०८३, बिहीबार

बार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन २०८०-८१

२६ चैत्र,२०८२, बिहीबार

दरखास्त फारम

२६ चैत्र,२०८२, बिहीबार

अस्पतालमा प्रदान गर्ने सेवाको दररेट

२८ श्रावण,२०८२, मंगलवार

समय तालिका

सोमबार देखि शुक्रबार : OPD बिहान १० देखि ३ बजेसम्म 

टिकट जारी गर्ने समय : सोमबार देखि शुक्रबार बिहान ७ः३० बजेदेखि १२ बजेसम्म (टोकन लिएको हकमा , टोकन लिने समय बिहान ११ बजे सम्म)

बिलिंग समय : सोमबार देखि शुक्रबार बिहान ८ बजेदेखि १ बजे सम्म

आपतकालीन सेवाहरु: २४ घण्टा 

इन्डोस्कोपी हुने दिन : sसोमबार देखि शुक्रबार 

क्लोनोस्कोपी हुने दिन : सोमबार, बुधबार, शुक्रबार 

इ इ जी दिन :  बुधबार तथा शुक्रबार

इको : सोमबार, मंगलबार र शुक्रबार (ओ.पि.डी बिरामी को लागि) तथा बुधबार र बिहिबार (अन्तरंग बिरामीको लागि)   

न्युरो मेडिसिन ओ पि डी : मंगलबार तथा बिहिबार 

न्युरो सर्जरी ओ.पि.डी : सोमबार, बुधबार तथा शुक्रबार 

OT तालिका: आइतबार , मंगलबार र बुधबार -अर्थो

सोमबार , बिहिबार र शुक्रबार - सर्जिकल तथा न्युरो

मंगलबार र शुक्रबार - ENT

मंगलबार-Obs/Gynae

EHS सेवा : सोमबार देखि शुक्रबार दिउँसो ३ बजे पछि उपलब्ध हुन्छ । 

Footer Image

सहायता नम्बर :

फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.

०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )

०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )