Today,

Temperature:

Wind speed:

Humidity:

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधारका लागि सुझाव संकलन

Author
admin
  • ९ जेष्ठ,२०८०
  • 1 min to read

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा बिकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव प्रस्तुत गरेका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा बिकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न क्षेत्रका सुधारका लागि सुझाब प्रस्तुत गरेका छन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, अस्पताका पूर्व अध्यक्ष, मेडिकल सुपेरिटेन्डेनहरु तथा संघ संस्थाका प्रतिनिधिहरु बीच शेवा सुदृढिकरणका लागि छलफल गरिएको थियो । छलफल कार्यक्रममा अस्पतालमा विमा सेवालाई प्रभावकारी बनाउन कर्मचारी थप गरी स्रोत साधन व्यवस्थापन गर्नुपर्ने, अस्पतालका नियमित आम्दानी वृद्धिका लागि कार्योजना बनाई अघि बढ्नु पर्ने, अस्पताललाई राजनीतिक दबाब र प्रभावबाट ताढा राख्नु पर्ने, सूचना कक्षलाई प्रभावकारी व्यवस्थापन गर्नु पर्ने लगायतका सुझाबहरु प्रस्तुत गरिएको थियो । यसैगरी ओपिडी सेवालाई जनरत र विशेषज्ञ ओपिडी गरी सञ्चालन गर्नुपर्ने, जनशक्ति व्यवस्थापन, अपरेशन संख्यामा वृद्धि तथा अस्पतालमा क्यान्सर सम्बन्धि उपचार सेवा सुरु गर्नु पर्ने सुझाब संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्हन थापाले बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सबै पक्षको सुझाब संकलनपछि सेवा सुदृढिकरण, विशेषज्ञ सेवा लगायतका योजनालाई अघि बढाउने उल्लेख गरे । छलफल कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जि.सी, राजष्ट्रिय जनमोर्चा पार्टीका रुपन्देही सचिव टान बहादुर के.सी, एकीकृत समाजवादी बुटवल नगर अध्यक्ष चिनबहादर गुरुङ, अस्पताल बिकास समितिका सदस्य लक्ष्मी खनाल, पूर्व अध्यक्षहरु बाबुराम भट्टराई, पुनाराम पोखरेल तथा सुर्य बहादुर भट्टराई लगायतले सुझाब प्रस्तुत गरेका थिए ।

अस्पतालका पूर्व मेसुहरु डा. कृष्ण प्रसाद खनाल, डा. मनोहर जोशी, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, रेड क्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री, स्वयम्सेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहान, तिलोत्तमा अस्पतालका अध्यक्ष रामप्रसाद खरेल लगायते बोल्दै अस्पतालको स्वास्थ्य सेवालाई थप सहज र व्यवस्थित गराउन सुझाव दिए ।

Comments:

Leave a comment:

हालैका सूचनाहरू

असार

विज्ञापन न. ०८-०८१-०८२ अन्तिम नतिजा

Vacancy no 08-081-082 final result

असार

विज्ञापन न. ०९-०८१-०८२ अन्तिम नतिजा

विज्ञापन न. ०९-०८१-०८२ अन्तिम नतिजा 

जेष्ठ २५

पद्पुर्ती सम्बन्धी

पद्पुर्ती सम्बन्धी 

चैत्र २०

पदपूर्ति विज्ञापन

पदपूर्ति विज्ञापन 

समय तालिका

आइतबार देखि शुक्रबार : OPD बिहान १० देखि ३ बजेसम्म 

टिकट जारी गर्ने समय : आइतबार देखि शुक्रबार बिहान ८ बजेदेखि १२ बजेसम्म

बिलिंग समय : आइतबार देखि शुक्रबार बिहान ८ बजेदेखि १ बजे सम्म

आपतकालीन सेवाहरु: २४ घण्टा 

इन्डोस्कोपी हुने दिन : आइतबार देखि शुक्रबार 

क्लोनोस्कोपी हुने दिन : सोमबार, बुधबार, शुक्रबार 

इ इ जी दिन : आइतबार , बुधबार तथा शुक्रबार

इको : आइतबार, सोमबार, मंगलबार र शुक्रबार (ओ.पि.डी बिरामी को लागि) तथा बुधबार र बिहिबार (अन्तरंग बिरामीको लागि)   

न्युरो मेडिसिन ओ पि डी : आइतबार, मंगलबार तथा बिहिबार 

न्युरो सर्जरी ओ.पि.डी : सोमबार, बुधबार तथा शुक्रबार 

OT तालिका: आइतबार , मंगलबार र बुधबार -अर्थो

सोमबार , बिहिबार र शुक्रबार - सर्जिकल तथा न्युरो

मंगलबार र शुक्रबार - ENT

मंगलबार-Obs/Gynae

EHS सेवा : आइतबार देखि शुक्रबार दिउँसो ३ बजे पछि उपलब्ध हुन्छ । 

Footer Image

सहायता नम्बर :

फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.

०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )

०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )